site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जडीबुटीमा टिपर र स्कुटर ठोक्किँदा महिलाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौँ महानगरपालिका–३२, जडीबुटीस्थित आकाशेपुलनजिक सडकमा टिपर र स्कुटर ठोक्किँदा महिलाको मृत्यु भएको छ ।

बा३क ३०५३ नम्बरको टिपर र बा प्र ०२–०३९ प ९९५२ नम्बरको स्कुटर शुक्रबार (हिजो) एकापसमा ठोक्किएका थिए । स्कुटरमा सवार ललितपुरको सानागाउँकी ४३ वर्षीया लक्ष्मीदेवी श्रेष्ठ घाइते भएकी थिइन् ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले भने, “दुर्घटनामा गम्भीर घाइते भएकी निज श्रेष्ठको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका स्कुटर चालकको अहिले पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।”

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिरहेको प्रवक्ता कार्कीले बताए । रासस

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro