site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दिल्लीमा पानीको अभाव
तस्बिर : पीटीआई ।

नयाँ दिल्ली । गर्मीको समयमा सहर लगातार तातो हुँदै जाँदा शनिबार राजधानी दिल्लीका केही भागमा ट्यांकरबाट पानी ल्याउन मानिसको लामो लाइन देखियो ।

गर्मीमा राजधानी दिल्लीमा पानीको अभावका कारण मयूर बिहार क्षेत्रका गाउँ, सञ्जय कलोनी, ओखला क्षेत्र र गीता कलोनीका मानिस लाइनमा उभिएर क्यान र बाल्टी समातेर पानीको ट्यांकर वरिपरि घुमिरहेको देखियो थियो । बढ्दो तापक्रमबीच यस्तो दृश्य यो वर्षको गर्मी मौसम सुरु भएदेखि राजधानी क्षेत्रमा दैनिक घटना बनेका छन् ।

यसैबीच, दिल्लीकी जलमन्त्री आतिशी हरियाणा सरकारले दिल्लीको पानी नछोडेको आरोप लगाउँदै शुक्रबार अनिश्चितकालीन भोक हड्तालमा बसेकी छन् ।

भाजपाका सांसद बाँसुरी स्वराजले आप सरकारले ‘भ्रष्टाचारलाई प्रोत्साहित गर्न’ संकटलाई ‘योजनाबद्ध’ गरेको आरोप लगाए ।

पानीको संकट प्राकृतिक संकट नभई केजरीवाल सरकारले अवैध ट्यांकर माफियालाई प्रोत्साहित गर्ने योजना बनाएको स्वराजले उल्लेख गरे ।

उनले सहर सुक्खा भई दिल्ली असहज अवस्थामा हँुदा केजरीवाल सरकार केवल नाटकमा लिप्त रहेको आरोप लगाए । मन्त्री आतिशीले पर्याप्त कदम चाल्नुको सट्टा केवल नाटकमा व्यस्त भई दिल्लीवासीलाई अनशनको धम्की दिइरहेको उनले बताए । रासस/एएनआई

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro