site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आर्थिक सर्वेक्षणमा त्रुटि : एसईई नतिजा राम्रो भएका सामुदायिक विद्यालयको संख्या बढ्यो

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजालाई लिएर सामुदायिक विद्यालयको संशोधित सूची सार्वजनिक गरेको छ ।

यसअघि आर्थिक सर्वेक्षण २०८०/०८१ का निम्ति पठाइएको विवरणमा प्राविधिक त्रुटि भएको भन्दै मन्त्रालयले थप विद्यालयसहितको सूची सार्वजनिक गरेको हो ।

नयाँ सूचीअनुसार एसईईमा कम्तीमा १०० जना विद्यार्थी सामेल गराएर ३० प्रतिशत विद्यार्थीले जीपीए ३.२ भन्दा माथि ल्याएका सामुदायिक विद्यालयको संख्या ३४ छ । आर्थिक सर्वेक्षण प्रतिवेदनमा भने यस्ता विद्यालयको संख्या १५ मात्रै उल्लेख छ ।

आर्थिक सर्वेक्षणका निम्ति कम्तीमा १०० जना सहभागी गराएर ५० प्रतिशत विद्यार्थी जीपीए ३.२ सहित उत्तीर्ण हुने विद्यालयको विवरण माग गरिएको थियो । सुरुमा सोहीअनुसार तथ्यांक पठाइएको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेल बताउँछन् ।

aarthik-sarvexyan-1718968659.PNG
आर्थिक सर्वेक्षणको तथ्यांक ।


तर, मन्त्रालयले फेरि कम्तीमा १०० विद्यार्थी सामेल भई कम्तीमा ३० प्रतिशत विद्यार्थीले जीपीए ३.२ भन्दा बढी ल्याएका विद्यालयको विवरण माग गरेपछि तथ्यांक फेरिएको उनको भनाइ छ ।

आर्थिक सर्वेक्षणका निम्ति मागिएअनुसार जीपीए ३.२ सहित कम्तीमा ५० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने सामुदायिक विद्यालय सातवटा मात्रै छन् ।

“पछि ३० प्रतिशत विद्यार्थीले जीपीए ३.२ भन्दा बढी ल्याएका विद्यालय भनेर मन्त्रालयबाट मागिएपछि सूची थपिएको हो,” पौडेलले भने ।

मन्त्रालयको नयाँ सूचीमा एसईईमा ११७ देखि ३६० जनासम्म विद्यार्थी सहभागी गराएका विद्यालयको विवरण छ । जसमध्ये कम्तीमा १०० विद्यार्थी सामेल भई ५० प्रतिशत बढी विद्यार्थीले जीपीए ३.२ ल्याएका विद्यालयको संख्या सात छ ।

यस्तै, ४० प्रतिशतभन्दा बढी विद्यार्थीले जीपीए ३.२ भन्दा बढी ल्याएका विद्यालयको संख्या १२ र ३० प्रतिशत बढी विद्यार्थीले यस्तो नतिजा ल्याएका विद्यालयको संख्या १५ छ ।

Mantralaya-1718968659.jpg
मन्त्रालयले सार्वजनिक गरेको नयाँ सूची ।


 
 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro