site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
खातामा प्यान नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध

काठमाडौं । एनआईसी एसिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकाले ग्राहकलाई यस्तो आग्रह गरिएको हो ।

बैंकको मोबाइल बैंकिङ एपमा रहेको ‘प्यान अपडेट’ विकल्पमा ट्याब गरी आफ्नो प्यान अद्यावधिक गर्न सकिनेछ । साथै, ग्राहकले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान नम्बर अध्यावधिकका लागि आवेदन दिन सकिने जनाइएको छ ।

हाल बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ६७० एटीएम, ११८ वटा विस्तारित काउन्टर र ५१ वटा शाखारहित सञ्जालमार्फत सेवा दिँदै अएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro