site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी क्षेत्रमा आकस्मिक बाढीको सम्भावना, सतर्कता अपनाउन आग्रह
अरुण नदीको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा आज आकस्मिक बाढीको सम्भावना छ । इलाम, झापा, ताप्लेजुङ, संखुवासभा, दोलखा, लमजुङ र तनहुँ भई बहने केही साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

ती नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै, मोरङ, तेह्रथुम, पाँचथर, उदयपुर, भोजपुर, खोटाङ, सिन्धुली, गोरखा, सिन्धुपाल्चोक, मकवानपुर, सप्तरी, सिरहा, धनुषा र सर्लाही भई बहने साना नदीमा पनि पानीको बहाव बढ्ने सम्भावना छ ।

अबका तीन दिन तमोर, अरुणलगायत ठूला नदीमा समेत बहाव उल्लेख्य बढ्ने महाशाखाको अनुमान छ ।

b1-1718856732.pngb2-1718856745.png
 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro