site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘द डार्क फाइल’ : सिधाकुराविरुद्धको अवहेलना मुद्दा बृहत पूर्ण इजलासमा जाने

काठमाडौं । ‘सिधाकुरा’विरुद्ध अदालतको अवहेलना मुद्दा बृहत पूर्ण इजलासमा जाने सम्भावना देखिएको छ । गएको जेठ ३० भएको सुनुवाइपछि न्यायाधीशद्वय कुमार चुडाल र विनोद शर्माको इजलासले दिएको आदेश बुधबार सार्वजनिक गरिएको छ ।  

संयुक्त इजलासको आदेशमा यसअघि कान्तिपुर मिडियाविरुद्ध अदालतको अवहेलना मुद्दाको नजीर देखाउँदै बढी न्यायाधीश संलग्न  इजलासबाट सुनुवाइ हुनु उपयुक्त हुने आदेश गरेको हो । आदेशमा सिधाकुराले प्रसारण गरेको अडियो प्रहरीको विधिविज्ञान प्रयोगशालाको वैज्ञानिक परीक्षणबाट ‘फेक’ देखिएको भन्दै यसबारेमा धेरैजाना न्यायाधीश संलग्न इजलासबाट उपयुक्त आदेश जारी हुनु उपयुक्त भएको इजलासको ठहर छ । 

यस्तो ठहरसहित न्यायाधीशद्वयको इजलासले उक्त मुद्दा पेसी व्यवस्थापन निर्देशन समितिसमक्ष पेस गर्न आदेश गरेको छ । संयुक्त इजलासले अन्य अनुसन्धान र छानबिन भइरहेका विषय पनि पेसीको अघिल्लो दिन अदालतमा पेस गर्न आदेश जारी गरेको छ ।

sidhakura-aadesh-(2)-1718799543.jpg
 

sidhakura-aadesh-(1)-1718799530.jpg
3-1718799868.jpg
 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro