site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकामा साढे सात करोड मानिस ‘हिट वेभ’बाट प्रभावित हुँदै
तस्बिर : एपी ।

फोइनिक्स । अमेरिकाका मध्यपश्चिम र उत्तरपूर्वी राज्यका करिब सात करोड ५० लाख मानिस ‘हिट वेभ’बाट प्रभावित हुने भएका छन् । फोइनिक्स क्षेत्रमा हिट वेभको प्रभाव पछिल्ला वर्षमा निकै बढेको पाइएको छ ।

सन् २०२३ मा हिटसम्बन्धी समस्याले त्यहाँ ६४५ जनाको मृत्यु भएको थियो । उक्त क्षेत्रमा शनिबार तापक्रम ११२ डिग्री फरेनहाइट अर्थात् ४४.४ डिग्री सेल्सियस पुगेको थियो ।

फोइनिक्सको नेसनल वेदर सर्भिसका मौसमविद् टेड व्हिटकले बिहान १० देखि बेलुका ६ बजेसम्म ‘आउटडुअर’ गतिविधि घटाउन सुझाव दिएका छन् ।

मौसमसम्बन्धी ‘अलर्ट’ले अत्यधिक तापक्रम बढ्ने र जंगलमा डढेलोको भय स्थानीय बासिन्दामा छ । एपीबाट ।

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ०९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro