site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
न्युयोर्कमा ‘हिट वेभ’ हुने

न्युयोर्क । एसियाका अधिकांश देशहरूमा अहिले गर्मी अत्यधिक बढेको चर्चा भइरहेका बेलामा अमेरिकाको न्युयोर्कमा पनि आउँदो साता ‘हिट वेभ’ आउने भन्दै त्यहाँको नेशनल वेदर सर्भिसले अलर्ट जारी गरेको छ । 

सोमबार बेलुका ८ बजेदेखि आउँदो बिहीबारसम्म त्यस्तो अवस्था आउने अलर्टमा भनिएको छ । सोमबार ९० डिग्री फरेनहाइटभन्दा माथि तापक्रम जाने र यो क्रम बढेर मंगलबार तथा बिहीबार १०४ डिग्री पुग्ने जनाइएको छ । 

अलर्टमा प्रशस्त पानी खान, हल्का कपडा लगाउन, सनस्कीन लाउन, घर बाहिरका गतिविधि होसियारीपूर्वक तय गर्न, पार्क गरिएका कारमा बच्चा र घरपालुवा जनावरलाई नराख्न सचेत गराइएको छ । एजेन्सी

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro