site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गर्मीले हजका क्रममा १४ जोर्डनीको मृत्यु

रियाद । साउदी अरेबियामा हजका निम्ति गएका जोर्डनका कम्तीमा १४ नागरिकको अचाक्ली गर्मीका कारण मृत्यु भएको छ । जोर्डनको विदेश मन्त्रालयका अनुसार कडा ‘हिट वेभ’का कारण १४ जोर्डनी नागरिकको मृत्यु भएको र १७ जना हराइरहेका छन्  ।

इरानी रेड क्रिसेन्टलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार पाँच इरानी नागरिकको पनि मृत्यु भएको छ । तर, उनीहरूको के कारणले मृत्यु भएको भन्ने बारेमा उल्लेख गरिएको छैन ।

जोर्डनी अधिकारीहरूले हराएकाको खोजी जारी राखिएको जनाएका छन् । मृतकका शव व्यवस्थापनका निम्ति साउदी अधिकारीहरूसँग कुरा भइरहेको जोर्डनी अधिकारीहरूले जनाएका छन् ।

यो हप्ता हज गर्ने स्थानको तापक्रम ४६ डिग्री सेल्सियस पुगेको थियो । बीबीसीबाट ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro