site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दम्पती हत्या आरोपमा एकजना पक्राउ 
प्रतीकात्मक तस्बिर

काठमाडौं । काभ्रे प्रहरीले जिल्लाको महाभारत गाउँपालिका–४, तिनखुट्टेमा दम्पतीकाे हत्या गरेको आराेपमा एकजनालाई पक्राउ गरेको छ । धुलिखेलमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेले  तिनखुट्टेमा जेठ ७ गते भएको दम्पत्ति हत्यामा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार दम्पतीको हत्यामा संलग्न सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ घर भएका ३८ वर्षीय एकेन्द्र सार्की हुन् । 

प्रहरीले ‘अप्रेशन महाभारत’ नाम दिएर दम्पतीको हत्यामा संलग्नको खोजी गरेको थियो । एकेन्द्रले जेठ ७ गते राति मानबहादुर बल र उनकी श्रीमती केकै माया तामाङको फलामको रड र घनलगायत औजारहरू प्रयोग गरी हत्या गरेका थिए । 

हत्यापछि सुनका गरगहनाहरू, मृतकहरूको पसलमा रहेको रिचार्ज कार्डहरु तथा नगद रकम समेत लुटेर लगेको प्रहरी अनुसन्धानबाट खुलेको खड्काले बताए । पक्राउ परेका व्यक्तिको आर्थिक अवस्था कमजोर रहेको र ऋण तिर्न दबाब परेपछि लुटपाट गर्न हत्या गरेको खुलेको उनले बताए । 

त्यस्तै, प्रहरीले काभ्रे तेमाल गाँउपालिका–२ को काफलडाँडास्थित चुखाबाट तिनपिपल जाने कच्ची सडक खण्डमा ५७ वर्षीया साहिली तामाङको हत्या आरोपमा पक्राउ परेका सोही ठाँउका ५७ वर्षीय  मानध्वज तामाङलाइ समेत सार्वजनिक गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro