site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चीनसँग सीमा र पाकिस्तानसँग आतंकवाद मुद्दा समाधान गर्ने जयशंकरको विश्वास 

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले दोस्रोपटक विदेश मन्त्रालयको कार्यभार सम्हालेपछि दुई छिमेकी चीन र पाकिस्तानसँगको सम्बन्धका बारेमा प्रतिक्रिया दिएका छन् । 

जयशंकरले समाचार संस्था एएनआईसँग भनेका छन्, “खासगरी लोकतन्त्रमा कुनै पनि सरकार लगातार तीन पटक बन्छ भने यसले यो सन्देश दिन्छ– भारतमा राजनीतिक स्थिरता छ । जनता आफ्नो प्रधानमन्त्रीमाथि विश्वास गर्छन् ।” 

विश्वसामु भारतको हित अगाडि बढाउने दाबी उनले गरे । “चीन र पाकिस्तान अलग देश हुन् । उनीहरूसँगको सम्बन्ध अलग छ । समस्या पनि अलग छन् । चीनसँग सीमासम्बन्धी केही मुद्दा बाँकी छन् । समाधान गर्ने हामी कोसिस गरिरहेका छौँ । पाकिस्तानसँग वर्षौंदेखि सीमा आतंकवाद मुद्दा छ । हेरौँ हामी यसको समाधान कसरी गर्छौँ,” जयशंकरले भने ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार जयशंकरलाई मन्त्री नियुक्त गरेका थिए । सोमबार मोदीले उनलाई दोस्रोपटक विदेशमन्त्रीको जिम्मेवारी दिएका हुन् । बीबीसी 
 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro