site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पश्चिम तराईमा आज अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि रहने
फाइल तस्बिर । 

काठमाडौं । मनसुनी प्रणाली कोसी प्रदेशबाट अगाडि बढेको छैन । सोमबार नेपाल भित्रिएको मनसुन मंगलबार बिहानसम्म पनि कोसी प्रदेशमै छ । 

“मनसुन उल्लेख्य रूपमा अगाडि बढ्न सकेको छैन । कोसी प्रदेशका सबै स्थानमा पनि मनसुन फैलिसकेको छैन,” मौसमविद् सञ्जीव अधिकारी बाह्रखरीसँग भन्छन्, “कोसी प्रदेशका धेरै भागमा पुगे पनि सबै भू–भागमा फैलिसकेको छैन ।” 

कोसी प्रदेशमा भने मनसुनी प्रणालीका कारण वर्षा भएको छ । संखुवासभामा २४ मिलिमिटर वर्षा भएको छ । यो प्रदेशका अन्य केही भू–भागमा पनि वर्षा भएको छ । 

“कोसी प्रदेशमा रहेको मनसुनी प्रणाली पश्चिमतर्फ सर्न अझै समय लाग्नेछ । मध्य र पश्चिम तराईमा यो प्रणाली फैलिन अझै केही दिन लाग्नेछ,” मौसमविद् अधिकारीले भने । 

मनसुनी प्रणाली देशभर फैलिने औसत समय पाँच दिन हो । तर, हावाको गतिका आधारमा पाँच दिनभन्दा ढिलो वा चाँडो पनि फैलिन सक्छ ।  मनसुन देशभर फैलिन केही समय लाग्दा यसको प्रभाव तापक्रममा पर्नेछ । आज पनि मध्य र पश्चिम तराईका धेरै स्थानमा तापक्रम उच्च हुनेछ । 

“तराईका धेरै स्थानमा आज हिजोजस्तो बादल लाग्ने वा बदली हुने सम्भावना कम देखिएको छ,” मौसमविद् अधिकारीले भने, “पश्चिम तराईका धेरै स्थानमा आज अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि रहनेछ ।” 

काठमाडौंमा पनि आज तापक्रम उच्च रहनेछ । अधिकारीका अनुसार काठमाडौंको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियसको आसपासमा रहनेछ ।  

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ०७:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro