site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वीर अस्पतालमा जनशक्ति थपेर सेवा सुचारु गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संगठन व्यवस्थापन सर्वेक्षण (ओएनएम) अघि बढाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने भएको छ ।

समितिको सोमबार बसेको बैठकले स्वास्थ्य मातहतका निकायमा जनशक्ति थप गर्न ओएनएम सर्वेक्षण अघि बढाउनुपर्ने निष्कर्ष निकालेको हो ।

समितिको सोमबारकै बैठकले स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य क्षेत्रको सुधार एवम् सेवा प्रभावकारिता र गुणस्तर सुधारका लागि निर्देशन दिएको छ ।

समितिले अछामको बयलपाटा अस्पताललाई विशेष अनुदानको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

वीर अस्पतालमा आईसीयू, सीसीयू बेड, जेरियाट्रिक युनिट, कार्डियाक तथा लिभर युनिटमा जनशक्ति थप गरी सेवा सुचारु गर्न समितिले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।

साथै वार्ड संघीय अस्पतालहरूमा आईसीयू, सीसीयूलगायतका सेवाको अवस्था सुधार गर्न पनि समितिको निर्देशन छ ।

अस्पतालहरूको सेवा प्रवाहको अवस्थाबारे समितिले वीर, पाटन, टिचिङ अस्पतालको अनुगमन गर्ने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro