site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तराईमा अत्यधिक गर्मीको सम्भावना, तातो लहरको चेतावनी

काठमाडौं । अझै केही दिन तराईका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका कतिपय स्थानमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, ती भूभागमा अबका तीन दिन (जेठ २६ देखि २८ गते)सम्म तातो हावा तथा तातो लहरको सम्भावना छ । त्यसको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ ।

महाशाखाले यो वर्ष तातो दिन तथा तातो लहरसम्बन्धी शनिबार आठौँ विशेष बुलेटिन जारी गरेको हो ।

तातो हावा तथा तातो लहरका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्तालगायत समस्या हुन सक्ने महाशाखाले जनाएको छ ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान (घाममा बढी एक्सपोज नहुन), हल्का लुगा लगाउन, सुतीको कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, टोपी लगाउन, नियमित (पटक–पटक) पानी तथा झोलपदार्थ (जुस, सर्बत आदि) प्रशस्त मात्रामा पिउन महाशाखाको सुझाव छ । स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सल्लाह–सुझाव लिन समेत महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro