site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘सबैभन्दा बढी’ धनगढीमा, कहाँको तापक्रम कति ?
काठमाडौंको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका धेरै स्थानमा शुक्रबार (हिजो)को तुलनामा शनिबार तापक्रम केही बढेको छ । विशेष गरी तराई क्षेत्रमा गर्मी बढेको देखिन्छ ।

यस दिन ‘सबैभन्दा बढी’ तापक्रम धनगढीमा ४१.९ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार धनगढीको अधिकतम तापक्रम ४०.७ डिग्री सेल्सियस थियो ।

महाशाखाले शनिबार सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये नेपालगन्जको अधिकतम तापक्रम ४१.८ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार नेपालगन्जको अधिकतम तापक्रम ४०.६ डिग्री सेल्सियस थियो ।

शनिबार दिपायल र वीरेन्द्रनगरको अधिकतम तापक्रम समान ३९.५, भैरहवाको ३८.२, जनकपुरको ३७.८, घोराहीको ३७.७, सिमराको अधिकतम तापक्रम ३७.३ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार दिपायलको अधिकतम तापक्रम ३८.७, वीरेन्द्रनगरको ३७.०, भैरहवाको ३७.४, जनकपुरको ३८.५, सिमराको अधिकतम तापक्रम ३५.७ डिग्री सेल्सियस मापन गरिएको थियो ।

शनिबार काठमाडौंको अधिकतम तापक्रम ३१.९ डिग्री सेल्सिय मापन गरिएको छ । शुक्रबार काठमाडौंको अधिकतम तापक्रम ३०.६ डिग्री सेल्सियस थियो ।

यही जेठ १७ गते कैलालीको टीकापुरमा ४५.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । त्यो नै यो वर्ष नेपालभित्र मापन गरिएको अहिलेसम्म उच्च तापक्रम भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, यो वर्ष अहिलेसम्म काठमाडौंको सबैभन्दा बढी तापक्रम जेठ १७ र जेठ ११ मा समान ३४.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

महाशाखाले हरेक दिन बिहान न्यूनतम र बेलुका अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गर्छ ।

हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक  प्रभाव रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले शनिबार सार्वजनिक गरेको तापक्रमको विवरण हेर्नोस्–

eifmksdgm-1717852695.JPG
 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro