site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राज्यका सबै निकायमा शुद्धीकरण अभियान सुरु गर्छौँ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सुशासन कायम गर्न राज्यका सबै निकायमा शुद्धीकरण अभियान सुरु गरिने बताएका छन् । शनिबार काठमाडौंमा रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“...राज्यका सबै निकायहरुमा शुद्धीकरण अथवा सुशासनको लागि सरकारले काम गरिराखेको छ,” उनले भने ।

सरकारले भ्रष्टाचार अन्त्य गर्न खोजेको उनले उल्लेख गरे । उनले नजिक र टाढाको नभनी दोषीमाथि कारबाही गरिने बताए । भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्न सरकार उभिएको उनको भनाइ थियो ।

“...हामीले शासन गर्दै गर्दा नजिकको वा टाढाको भन्ने हुँदैन । हामीले शुद्धीकरण अभियानको रूपमा, सुशासन कायम गर्ने रूपमा, भ्रष्टाचार नियन्त्रण गर्ने रूपमा नै जानुपर्ने हुन्छ । त्यसरी सरकार उभिएको छ,” उनले भने ।

अर्थमन्त्री पुनले सरकारले नियामक निकायलाई बलियो बनाउने पनि बताए । अस्वस्थकर खानेकुराको बिक्री–वितरण हुन नदिन राज्यले ध्यान पुर्‍याउने उनले उल्लेख गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro