site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
८० किलो गाँजासहित दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । अवैध लागुऔषध गाँजा करिब ८० किलोसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित सडकबाट उक्त परिमाणको गाँजासहित शनिबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–१० का २५ वर्षीय मानबहादुर वाइवा र मकवानपुरको राक्सिराङ गाउँपालिका–५ का २६ वर्षीय सुमन स्याङताङ छन् । उनीहरू बा१०च ३६१९ नम्बरको कारमा मनहरीबाट पथलैयातर्फ जाँदै थिए ।

प्रहरी जाँचका क्रममा डिकीमा लुकाइछिपाइ राखिएको उक्त परिमाणको गाँजा फेलापरेको थियो । त्यसपछि कारका चालक मानबहादुर र त्यसमा सवार सुमनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro