site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गठबन्धनको नेता चुनिँदै मोदी
फाइल तस्बिर ।

नयाँ दिल्ली । लोकसभा निर्वाचनपछि सरकार बनाउन बहुमत प्राप्त नेसनल डेमोक्र्याटिक एलायन्स (एनडीए)ले आज बिहान ११ बजे संसदीय दलको बैठक डाकेको छ । उक्त बैठकबाट कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीलाई संसदीय दलको नेता चुन्ने अनुमान गरिएको छ । बैठकमा सहभागी हुन गठबन्धनका नेताहरू दिल्लीतर्फ लागेका जनाइएको छ ।

मध्य प्रदेशका पूर्वमुख्यमन्त्री शिवराजसिंह चौहान र गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल एनडीएको बैठकमा सहभागी हुन दिल्ली पुगिसकेका छन् । उक्त बैठकमा थुप्रै राज्यका मुख्यमन्त्री पनि सहभागी हुने जनाइएको छ ।

मोदीले गएको बुधबार नै आफ्नो पदबाट राजीनामा दिइसकेका छन् । त्यसपछि राष्ट्रपतिबाट १७औँ लोकसभा भंग गरिएको थियो । नयाँ सरकार नबनुन्जेलसम्म मोदी कार्यवाहक प्रधानमन्त्री हुन् ।

पछिल्लो निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले प्रस्ट बहुमत ल्याउन सकेन । भाजपा २४० सिटमा विजयी भएको छ । एनडीए गठबन्धनले भने २९३ सिट जितेर बहुमत हासिल गरेको छ । बीबीसी हिन्दीबाट 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ०९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro