site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘सुन्दर ललितपुर नगरी, घर–घरमा नगर प्रहरी’ अभियान सुुरू
फाइल तस्बिर

काठमाडौं । ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर–घरमा नगर प्रहरी’ भन्ने नारासहित नगरवासीका गुनासो, सुझाव र समस्या तत्काल सम्बोधन गर्ने भएको छ । बिहीबार ललितपुरमा एक कार्यक्रमबीच महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर–घरमा नगर प्रहरी’ अभियानको शुभारम्भ गरेको हो । 

शुभारम्भ कार्यक्रममा नगरप्रमुख चिरीबाबु महर्जनले घर–घरमा नगर प्रहरी अभियानका बहुआयामिक फाइदा रहेको दाबी गरे । उनले यस अभियानले जनप्रतिनिधिहरू चुनावको निम्ति भोट माग्न मात्रै घरमा पुग्ने र त्यसपछि हराउने भन्ने जनताको गुनासो सम्बोधन हुने बताए । 

उनले नागरिकले दुःखका कुराहरू नगर प्रहरीमार्फत जनप्रतिनिधिहरूलाई सुनाउन सक्ने बताए । नगर प्रहरीको उदाहरणीय कदमले नगरवासीको महानगरप्रतिको सम्बन्ध अझ प्रगाढ हुने उनको विश्वास छ । यस योजनाअन्तर्गत दैनिक ५० नगर प्रहरी हरेक वडामा खटिनेछन् ।

“घरघरमा नगर प्रहरी भन्नासाथ यसका बहुआयामिक फाइदा छन् । धेरै आयामहरू छन् । त्यसमध्येमा पनि हामी जनप्रतिनिधिहरू चुनावको निम्ति घरमा भोट माग्न आउने त्यसपछि हराउने भन्ने आरोप पनि हराउनेछ । भेटेर सुख दुःखका कुराहरू भन्न नपाउँदै गर्दा नगर प्रहरीसँग समन्वय गरेर आफ्नो कुरा व्यक्त गर्न सक्नुहुनेछ । यो विषयमा प्रत्येक हप्ता म ब्रिफिङ लिनेछु ।”

प्रमुख महर्जनले आफूले हरेक हप्ताको एक दिन नागरिकको गुनासो र सुझावबारेमा बिफ्रिङ लिने बताए । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro