site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
क्यानडा संसदीय समितिले भन्यो– लोकतन्त्रको लागि चीनपछि भारत दोस्रो ठूलो खतरा 

काठमाडौं । खालिस्तानको विषयलाई लिएर गत वर्ष भारत र क्यानडाबीच सम्बन्ध बिग्रेको थियो । यसैबीच, क्यानडाको एक संसदीय समितिको प्रतिवेदनले दुई देशबीचको सम्बन्धलाई थप बिगार्ने देखिएको छ ।

प्रतिवेदनमा क्यानडाको लोकतन्त्रको लागि भारत दोस्रो ठूलो खतरा भएको दाबी गरिएको छ । पहिलो खतरामा चीनलाई राखिएको छ । प्रतिवेदनमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले विदेशी हस्तक्षेपलाई गम्भीरताका साथ लिइएको बताएका छन् । 

नेसनल सिक्योरिटी एन्ड इन्टेलिजेन्स कमिटी अफ पार्लिमेन्टेरियनको प्रतिवेदनमा क्यानडाको लोकतन्त्रको लागि पहिलो खतरा चीन र दोस्रो भारतलाई देखाइएको हो । 

क्यानडाका प्रधानमन्त्री ट्रूडोले गत वर्ष खालिस्तानी हरदीप सिंह निज्जरको हत्यामा भारतको हात रहेको बताएपछि भारत र क्यानडाबीच सम्बन्ध बिग्रेको थियो । 

भारतलाई दोस्रो ठूलो खतरा उल्लेख गरिएको प्रतिवेदन यसै साता क्यानडाका संसद्मा प्रस्तुत गरिएको छ । “भारतले क्यानडाको लोकतन्त्र र संस्थाहरूमा दखल दिने प्रयास गरेको छ । भारत दोस्रो ठूलो खतरा हो । विदेशमा भारतको दखल विस्तारै बढ्दै छ,” प्रतिवेदनमा भनिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १०:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro