site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
न्यून गुणस्तरको पाइएपछि फरक कम्पनीका दुई औषधि बिक्रीमा रोक 

काठमाडौं । औषधि व्यवस्था विभागले दुई नेपाली कम्पनीको सिरप बिक्रीमा रोक लगाएको छ । नवलपरासीको टाइम्स् फार्मास्युटिकल्सबाट उत्पादित ‘वर्मस्टट्’ नामक अबलेन्डाजोलको ब्याच नम्बर डब्लूएस ०७१ र लोमस फार्मास्युटिकलसको ‘कोलिबान’ नामक डाइसाइक्लोमाइनको ब्याच नम्बर सीबीएस ०२२३ ट्याब्लेटमा समस्या देखिएको हो ।

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणका क्रममा न्यून गुणस्तरीय पाइएकाले उक्त ब्याचका औषधि बिक्री–वितरण नगर्न र बजारबाट फिर्ता ल्याउन विभागले निर्देशन दिएको छ । उक्त बनावट भएकोे औषधि सिफारिस र प्रयोग समेत नगर्न विभागले आग्रह गरेको छ ।

उत्पादक कम्पनीलाई हाल बजारमा रहेको औषधि फिर्ता गरी त्यसको विवरण विभागमा बुझाउन भनिएको छ । वर्मस्टटु जुका र कोलिबान ग्याष्ट्रिकको उपचारमा प्रयोग हुने औषधि हुन् । 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro