site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अफगानिस्तानमा डुंगा दुर्घटना हुँदा आठजनाको मृत्यु, पाँच बेपत्ता
हराएका मानिसको खोजी गर्दै उद्धार टोली ।

काठमाडौं । पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा २६ जना सवार एउटा डुंगा नदीमा पल्टँदा आठजनाको मृत्यु भएको छ । पाँचजना बेपत्ता छन् ।

मोमान्द दरा जिल्लाको बसोल क्षेत्रमा नदी पार गर्ने क्रममा डुंगा डुबेर दुर्घटना भएको प्रान्तीय सूचना विभागका प्रमुख कुरैशी बदलुनले बताए ।

दुर्घटनामा परेका १३ जनाको उद्धार गरिएको छ । यात्रीमा अधिकांश महिला र बालबालिका थिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ०९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro