site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मुगुमा यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
डोल्पाको दृश्य । फाइल तस्बिर ।

मुगु । मुगुमा यार्सागुम्बा टिप्न गएका दुईजनाको मृत्यु भएको छ । पाटन, ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका निम्ति मुगुगाउँ ल्याइएका छायानाथ रारा नगरपालिका–१२, शोभागाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फागाउँका शोभान बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले यार्सा संकलनमा गएका दुईजनाको मृत्यु भएको र लेक लागेर एकजना सिकिस्त बिरामी भएका बताए । सिकिस्त बिरामी भएका कम्फागाउँका राजबहादुर सावतलाई उपचारका निम्ति मुगुपाटनबाट मुगुगाउँतर्फ ल्याइँदै गरेको उनले जानकारी दिए ।

गत वर्ष हिउँपहिरोमा परेर यार्सा टिप्न पाटन पुगेका तीन र लडेर एकजनाको मृत्यु भएको थियो ।

मुगुका २४ भन्दा बढी क्षेत्रमा यार्सा संकलन गर्न मुगुमकार्मारोङ गाउँपालिकाले गएइको वैशाख २५ गते प्रवेश खुला गरेको हो । रासस
 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro