site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनचाँदीकाे मूल्य बढ्याे

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

बुधबार तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा तेजाबी सुन पनि ६०० रुपैयाँले बढेको हो । मंगलबार तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदी प्रतितोला १० रुपैयाँ बढेर एक हजार ९३० रुपैयाँमा कारोबार भइ रहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  ११:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro