site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गृहमन्त्री लामिछानेकाे घाेषणा- रजस्वला हुँदा चार दिन महिला ट्राफिकलाई बिदा

काठमाडौं । महिलालाई ट्राफिकलाई रजस्वला हुँदा चार दिन बिदा दिइने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सानो प्रयास भन्दै महिला ट्राफिकलाई रजस्वला हुँदा चार दिन बिदा दिने जानकारी दिएका हुन् । 

रजस्वलाको समयमा महिला ट्राफिकलाई बिदा दिँदा उनीहरूको सट्टा ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वयंसेवकको रुपमा सडकमा खटाउने गृहमन्त्री लामिछानेले जानकारी दिए । 

“गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास : अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका चार दिन सडकमा डिउटी गर्नुपर्दैन, मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकका रूपमा उहाँहरूको  साटो सडकमा सघाउनुहुनेछ,” गृहमन्त्री लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ११:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro