site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
समलिंगीबारेको धारणाले इसाई धर्मगुरु विवादमा
तस्बिर : रोयटर्स ।

रोम । इसाई धर्मगुरु पोप फ्रान्सिसले समलिंगी मानिसका बारेमा अत्यन्तै आपत्तिजनक भाषा प्रयोग गरेको भन्दै आलोचना गरिँदै छ । इटालीमा एक सम्मेलनका क्रममा उनले समलिंगी पुरुषलाई पादरी बन्न प्रशिक्षण दिन नहुने बताएका हुन् ।

उनले बोल्ने क्रममा तल्लोस्तरको शब्द पनि प्रयोग गरेका थिए, त्यो समलिंगी पुरुषका निम्ति अपमानजनक तरिकाबाट प्रयोग गर्ने गरिन्छ ।

बन्द कोठाभित्र आयोजित उक्त सम्मेलनमा उनले बोलेको विषय इटालीको खोजी पत्रकारिता गर्ने अनलाइन डैगोसपियामा छापिएको थियो । त्यसपछि इटालीका अरू सञ्चारमाध्यमले पनि समाचार एजेन्सीको हवाला दिँदै उक्त समाचार छापेका थिए ।

पोपको यो कथित भाषाले यसकारण पनि धेरैलाई हैरान बनाएको छ कि सार्वजनिक मञ्चमा उनले समलिंगीप्रति सम्मानजनक कुरा गर्दै आएका थिए । भ्याटिकनले भने यसबारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । बीबीसीबाट ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro