site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विपद् जोखिम उद्धारसम्बन्धी कानुन कार्यान्वयनमा समस्या छ : प्रहरी महानिरीक्षक कुँवर
फाइल तस्बिर ।

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विपद् जोखिम उद्धारका कानुन कागजमा राम्रो भए पनि व्यवहारमा लागु गर्न समस्या रहेको बताएका हुन् ।

सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा विपद् जोखिमसम्बन्धी सरोकारवालाहरूसँगको छलफलमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले यस्तो बताएका हुन् । उनले जोखिम उद्धारसम्बन्धी कानुनहरू कागजमा राम्रो भए पनि व्यवहारमा कार्यान्वयन गर्न समस्या रहेको भन्दै सहज बनाउन आवश्यक रहेको बताए । 

उनले विपद् आउँदा समन्वय र सहजीकरण गर्ने काम पहिलो पंक्तिमा रहेर नेपाल प्रहरीले गरिरहेको बताए । प्रहरी परिचालनको हकमा १२५ जना विपद् व्यवस्थापन महाशाखाबाट आवश्यकता अनुसार त्यसलाई पनि परिचालन गर्ने गरेको उनको भनाइ छ । 

प्रदेशस्तरमा १२५ जना र जिल्ला स्तरमा २५ जनाको युनिटलाई जोखिम उद्धार परिचालन गर्ने गरिएको उल्लेख गरे । जिल्ला तहमा प्रहरीमा पनि विज्ञ उद्धार टोलीको अभाव रहेको उनको भनाइ छ । विपद्मा तत्काल घरेलु किसिमका उद्धारमा प्रयोग हुने घरेलु औजारहरू मात्रै रहेको गुनासो गरे ।
 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro