site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालमा चिकित्सकको संख्या साढे ४५ हजार, ८४९ विदेशी नर्स कार्यरत

काठमाडौं । नेपालमा चिकित्सकको संख्या ४५ हजार ४९८ पुगेको छ । यो २०८० पुस मसान्तसम्मको तथ्यांक भएको अर्थ मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३० हजार २७ मेडिकल चिकित्सक, चार हजार ८८३ दन्त चिकित्सक र १० हजार ५८८ विशेषज्ञ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन् । जसमध्ये पुरुष ६४.१ र महिला ३५.९ प्रतिशत छन् ।

सोही अवधिमा एक लाख २२ हजार ३१३ विभिन्न श्रेणीका नर्स नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका छन् । सर्वेक्षणका अनुसार नेपालमा प्रतिहजार जनसंख्यामा १.२० चिकित्सक र २.८३ नर्स छन् । जुन विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा बढी हो । 

यस्तै, २०७९ फागुनसम्म डाक्टर, नर्स, अनमि, कविराज, वैद्य, स्वास्थ्य सहायक र महिला स्वास्थ्य स्वयं सेविकासमेत गरी एक लाख दुईहजार ६८६ स्वास्थ्यर्की सरकारी सरकारी सेवामा आबद्ध छन् ।

चालु आर्थिक वर्षको फागुनसम्ममा सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट अन्तरंग, बहिरंग र आकिस्मक सेवा गरी चार करोड ६० लाख ५६ हजार पटक सेवा प्रवाह भएको देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सेवा दुई करोड ८८ लाख पटक भएको थियो ।

नेपालमा ८४९ विदेशी नर्स कार्यरत रहेको तथ्यांकले देखाएको छ । २०८० फागुनसम्म नेपाल नर्सिङ काउन्सिलमा एक लाख २२ हजार ३१३ नर्स दर्ता भएकामा विदेशी नर्सको संख्या ८४९ रहेको सर्वेक्षणमा उल्लेख छ । जसमध्ये एक हजार ५०७ विशेषज्ञ नर्स, ३७ हजार ४२० अनमी, ६६ मिडवाइफ छन् ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  २१:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro