site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नाराबाजीबीच आर्थिक सर्वेक्षण २०८०/८१ प्रतिनिधिसभामा पेस

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण २०८०/८१ आइतबार प्रतिनिधिसभामा पेस गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदको नाराबाजीबीच मन्त्री पुनले सार्वजनिक संस्थानको वित्तीय स्थिति र आर्थिक सर्वेक्षण पेस गरेका हुन् ।

सर्वेक्षणमा फागुनसम्मका आर्थिक सूचकको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ । चालु आर्थिक वर्षमा ३.९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको मन्त्री पुनले बताए ।

यस्तै, पछिल्ला दिनमा आर्थिक गतिविधि बढेको र अर्थतन्त्र लयमा फर्किएको पनि उनले बताए ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro