site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाख्राले बाली खाएको विषयमा हत्या !
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । भोजपुरमा हत्या आरोपमा एकजना पक्राउ परेका छन् । टेम्केमैयुङ गाउँपालिका–४, नागीका ६५ वर्षीय मणिप्रसाद राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नागीकै ६३ वर्षीय राजकुमार राईको हत्या गरेको उनीमाथि आरोप छ । भरुवा बन्दुक प्रहार गरी हत्या गरेको आरोपमा शुक्रबार (हिजो) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

बाख्राले बाली खाएको विषयमा विवाद हुँदा मणिप्रसादले बन्दुक प्रहार गर्दा घटनास्थलमै राजकुमारको मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । उक्त बन्दुकसहित मणिप्रसादलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro