site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

कपिलवस्तु । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–३ मा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । कपिलवस्तु–३, महिता चोकनजिकको मोडमा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीको सैनामैना नगरपालिका–५, गडवाका २३ वर्षीय कुमार थारुको मृत्यु भएको हो । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

तौलिहवातर्फ आइरहेको लु४४प १३१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट केही तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए । मोटरसाइकल चालक गडवा गाउँकै ३८ वर्षीय निरकुमार थारु गम्भीर घाइते भएकाले उनले बताए ।

कपिलवस्तु अस्पताल हुँदै थप उपचारका निम्ति घाइते थारुलाई भैरहवास्थित मेडिकल कलेजमा पठाइएको प्रहरी नायब उपरीक्षक ओलीले जानकारी दिए । रासस

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro