site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
धावनमार्गमा समस्या देखिँदा एक घण्टा उडान अवरुद्ध
फाइल तस्बिर ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा समस्या देखिँदा एक घण्टा उडान अवरुद्ध भएको छ । विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाका अनुसार धावनमार्गमा ‘क्रयाक’ भएपछि आज बिहान ११ः४५ देखि दिउँसो १२ः४५ बजेसम्म उडान अवरुद्ध भएका थिए ।

“धावनमार्गमा क्रयाक भएपछि करिब एक घण्टा उडान रोक्नु परेको थियो,” उनले भने, “पहिले पनि  बर्खा र गर्मी महिना सुरु हुने समयमा यस्तो समस्या देखिन्थ्यो ।”

उनका अनुसार धावनमार्गमा क्रयाक देखिएपछि केही विमानलाई आकाशमै होल्डमा राख्नु परेको थियो । उनका अनुसार अहिले विमानस्थल सञ्चालन भइसकेको छ । रासस

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro