site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
वेस्ट बैंकमा इजरायली सेनाको आक्रमण : सातजनाको मृत्यु
फाइल तस्बिर : एपी ।

काठमाडौं । उत्तरी वेस्ट बैंकको प्यालेस्टिनी सहर जेनिनमा इजरायली सेनाले गरेको आक्रमणमा सातजनाको मृत्यु भएको छ । नौजना घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

इजरायली सेनाले जेनिन सहर र यसको शिविरमा आक्रमण गरेको थियो । जसले जेनिन शिविर वरपर केन्द्रित टकरावको प्रकोप निम्त्याएको छ । प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वाफाका अनुसार मृत्यु हुनेमा जेनिन अस्पतालका शल्य चिकित्सा विशेषज्ञ असिद जबरीन, शिक्षक अल्लाम जरादत र घर फर्कने क्रममा एक विद्यार्थी थिए । 

सन् २०२३ को अक्टोबरमा प्यालेस्टिनी–इजरायली द्वन्द्व सुरु भएदेखि वेस्ट बैंकमा मृत्यु हुनेको संख्या ५१३ पुगेको बताइएको छ । इजरायलको रक्षा बलले वेस्ट बैंकको जेनिन सहरमा आतंकवाद विरोधी अभियान सुरु गरेको जनाएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro