site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गृहमन्त्रीमा नवअधिनायकवाद देखियो : कैलाश सिरोहिया

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले गृहमन्त्री रवि लामिछानेमा नवअधिनायकवाद देखिएको टिप्पणी गरेका छन् । 

कार्यकक्षबाट पक्राउ गरिएपछि उनले गृहमन्त्री लामिछानेको दुईवटा पासपोर्ट रहेको बताए । “गृहमन्त्रीसँग त दुईवटा पासपोर्ट छ । नवअधिनायकवाद देखिएको छ । कार्यकक्षबाट गिरफ्तार गरिएको छ । अन्तिमसम्म लड्छु,” उनले भने । 

सिरोहियाले आफूलाई नागरिकताको विषयमा नभएर सहकारीको बचत अपचलन प्रकरणमा लेखिएको समाचारको बदला लिइएको पनि बताए । सिरोहियालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

उनले गृहमन्त्रीलाई दुईवटा पासपोर्टको विषयमा भोलि नै पक्राउ पूर्जी जारी हुने विश्वास पनि व्यक्त गरे । आफूले छानबिनलाई सघाउनेभन्दा पनि पक्राउ गरिएको बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro