site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इरानमा जुन २८ मा राष्ट्रपति निर्वाचन

तेहरान । इरानमा आउँदो जुन २८ तारिखमा राष्ट्रपति निर्वाचन हुने भएको छ । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको सोमबार पुष्टि भएपछि उक्त निर्वाचनको मिति तय गरिएको हो ।

इरानको संवैधानिक प्रावधानानुसार, राष्ट्रपतिको मृत्युपछि ५० दिनभित्र उक्त पदको निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

त्यहाँको संविधानको धारा १३१ बमोजिम उपराष्ट्रपति मोखबर देजफुलीले सोमबारदेखि नै अन्तरिम राष्ट्रपतिको कार्यभार सम्हालेका छन् । उनले कार्यकारी प्रमुखका रूपमा राष्ट्र्पतिको निर्वाचन गराउनेछन् । सीएनएनबाट ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro