site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रानीवन र स्वयम्भूले अंक बाँडे

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा बाजुराको रानीवन स्पोर्ट्स क्लब र स्वयम्भू क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा दुवै टिमले गोल अवसर सदुपयोग गर्न नसक्दा अंक बाँडेका हुन् ।

प्रतियोगितामा चौथो बराबरी खेलेको रानीवन तालिकाको १२औँ स्थानमा छ । लिगको रेलिगेसन क्षेत्रभन्दा एक स्थानमात्र माथि रहेको रानीवनले नौ खेल खेल्दा सात अंक जोडेको छ । यस्तै, तालिकाको रेलिगेसन क्षेत्रमा संघर्षरत स्वयम्भूले भने नौ खेल खेल्दा ६ अंक जोडेको छ । स्वयम्भू तालिकाको १३औँ स्थानमा छ ।

यसअघि आजै भएको खेलमा स्पोर्ट्स एकेडेमी साँगाविरुद्ध ५–१ को जित निकाल्दै पुल्चोक स्पोर्ट्स क्लब तालिकाको शीर्ष स्थानमा उक्लिएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro