site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधनप्रति नेपालले गर्‍यो दुःख व्यक्त

काठमाडौं । नेपालले इरानका राष्ट्रपति डा. सैयद इब्राहिम रइसी र विदेशमन्त्री डा. हुसेन अमिर अब्दुल्लाहियानको निधनप्रति दुःख व्यक्त गरेको छ ।

“हिजो हेलिकोप्टर दुर्घटनामा परी इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति डा. सैयद इब्राहिम रइसी र विदेशमन्त्री महामहिम डा. हुसेन अमिर अब्दुल्लाहियानको निधन भएको खबरले हामी अत्यन्तै दुःखी भएका छौँ,” परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत भनेको छ ।

परराष्ट्रले शोकको यस घडीमा शोकसन्तप्त परिवारका सदस्य, इरान सरकार र त्यहाँका जनताप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियान सवार हेलिकोप्टर आइतबार इरानमा दुर्घटना भएको थियो । दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro