site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
श्रम स्वीकृति लिएर दश महिनामा ६ लाख ९ हजार नेपाली वैदेशिक रोजगारीमा गए 
फाइल तस्बिर ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो १० महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ६ लाख नाघेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार २०८० साउन १ गतेदेखि २०८१ वैशाख मसान्तसम्मको अवधिमा विभागबाट श्रम स्वीकृति लिएर ६ लाख ९ हजार ७०५ जना वैदेशिक रोजगारीमा गएका छन् । 

पछिल्लो महिना वैशाखमा मात्र ७० हजार ६३७ नेपालीले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । वैशाखमा श्रम स्वीकृति लिनेमध्ये ६४ हजार १० पुरुष र ६ हजार ६२७ महिला थिए । 

विभागको पछिल्लो १० महिनाको तथ्यांकले चालु आर्थिक वर्ष सुरु भएयता प्रत्येक महिना औसतमा ५० हजार ८०८ जनाभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएको देखिन्छ । उक्त अवधिमा दैनिक औसतमा १६ सय ९३ जनाभन्दा बढीले रोजगारीको लागि देश छोडेका छन् । 

विभागको तथ्यांकअनुसार २०८० को साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१, पुसमा ६५ हजार ८१३, माघमा ६२ हजार १४७, फागुनमा ६५ हजार ६५८ चैतमा ७० हजार ९३३ र २०८१ वैशाखमा ७० हजार ६३७ नेपालीले श्रम स्वीकृति लिएको देखिन्छ । 

गत आर्थिक वर्ष २०७९/०८० मा कुल सात लाख ७१ हजार ३२७ नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । गत वर्ष ६ लाख ९९ हजार १९३ पुरुष र ७२ हजार १३४ महिला वैदेशिक रोजगारीमा गएका थिए । 

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो नौ महिनामा वैदेशिक रोजगारीमा गएकाहरूबाट नेपालमा १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्ष सुरु भएयता प्रत्येक महिना औसतमा एक खर्ब २० अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro