site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
१० महिनामा २१ अर्बका ईभी आयात, वैशाखमा मात्र १४ सय भित्र्याइयो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ का १० महिनामा नेपालमा आठ हजार ४९७ विद्युतीय गाडी (ईभी) आयात गरिएको छ । शून्यदेखि ५० किलोवाट, ५१ देखि १००, १०१ देखि २०० र २०१ देखि ३०० किलोवाट क्षमताका विद्युतीय गाडी भित्र्याइएको हो ।

यी गाडीहरूको आयात मूल्य २१ अर्ब आठ करोड ८० लाख ४९ हजार रुपैयाँ छ । यी गाडीको आयातबाट सरकारले नौ अर्ब ३६ करोड ४४ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

चैत मसान्तसम्म नेपालमा सात हजार ९३ विद्युतीय गाडी आयात गरिएको थियो । वैशाख मसान्तसम्म एक महिनाको अवधिमा एक हजार ४०४ ईभी आयात गरिएको भन्सार विभागको तथ्यांक छ ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro