site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इरानका राष्ट्रपति सवार हेलिकोप्टर दुर्घटनास्थल र त्यसअघिका दृश्य (१३ तस्बिर)
दुर्घटनास्थलमा उद्धारकर्ता ।

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ । राष्ट्रपति रइसीका साथमा हेलिकोप्टरमा सवार इरानका विदेशमन्त्रीको पनि दुर्घटनामा मृत्यु भएको छ ।

आइतबार पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्किरहेका बेला उक्त हेलिकोप्टर दुर्घटना भएको थियो । त्यसमा सवार सबै नौजनाको मृत्यु भएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

i13-1716194539.jpg
दुर्घटना हुनुभन्दा केही घण्टाअघि रइसी विमानको झ्यालबाट बाहिर हेरिरहेका थिए ।


दुर्घटना प्रतिकूल मौसमका कारण भएको हो वा अरू केही भन्नेबारेमा अनुसन्धान भइरहेको छ । सोमबार उद्धार टोली दुर्घटनास्थलमा पुगेको थियो ।

उद्धार टोलीले कुहिरोले ढाकिएको इरानको उत्तरपश्चिम पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त हेलिकोप्टर फेला पारेपछि इस्लामिक गणतन्त्रमा शोक फैलियो । त्यहाँका नागरिकले सुखद समाचारका निम्ति प्रार्थना गरेका थिए ।

i2-1716194576.jpg
दुर्घटनास्थलबाट शव संकलन गर्दै उद्धार टोली ।


उद्धार टोलीले दुर्घटनास्थलबाट शव संकलन गरेको थियो । उक्त स्थान, दुर्घटना हुनुअघिको हेलिकोप्टर र त्यसमा सवार रइसीका तस्बिर पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । डेलीमेलबाट ।

थप तस्बिर हेर्नोस्–

i15-1716202075.jpg
हेलिकोप्टरको भग्नावशेषको बीचमा उद्धारकर्ता ।


i12-1716194767.jpg

उद्धार टोली ।


i11-1716194831.jpg

इरानका राष्ट्रपति रइसी सवार हेलिकोप्टर मे १९ मा इरान–अजरबैजान सीमानजिकै उडिरहेको दृश्य ।


i5-1716194950.jpgi9-1716194988.jpg

प्रार्थना गर्दै शुभेच्छुक ।


i10-1716195023.jpg

i8-1716195022.jpg

i7-1716195022.jpgi1-1716195078.jpg

दुर्घटनास्थलको ड्रोन फुटेज ।


i6-1716195158.jpg

इब्राहिम रइसी । फाइल तस्बिर ।


 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro