site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इरानका राष्ट्रपति रैसी सवार हेलिकप्टर दुर्घटनामा पर्‍यो

एजेन्सी । इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । अजरबैजानबाट फर्किने क्रममा उनी सवार हेलिकप्टर दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हेलिकप्टरमा राष्ट्रपति रैसीसहित विदेशमन्त्री हुसेन अमिर बदोल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, पूर्वी अजरबैजानका गभर्नर मलिक रहमतीसहित सवार रहेको जनाइएको छ ।

हेलिकप्टर अजरबैजानसँगको सिमानानजिकै दुर्घटनामा परेको अल्जजिराले उल्लेख गरेको छ ।

इरानको स्टेट टेलिभिजनले खराब मौसमका कारण दुर्घटना भएको बताएको छ । हेलिकप्टरको खोजिकार्य जारी रहँदा यात्रुहरूको अवस्थाबारे कुनै जानकारी आएको छैन ।

सन् २०२१ मा ६३ वर्षीय रैसी राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

अल्जजिराबाट ।

        

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  २२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro