site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुनसरीमा हत्या आरोपमा एकजना पक्राउ

काठमाडौं । सुनसरीमा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–७ का ३३ वर्षीय उमेश चौधरी छन् ।

इटहरी–७ का २८ वर्षीय भीम भनिने रामकुमार पण्डितको हत्या गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो । शनिबार (हिजो) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

इटहरी–७, रामजानकी टोलमा उमेशले खुकुरी प्रहार गर्दा रामकुमारको घटनास्थलमै मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । उमेशलाई खुकुरीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro