site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतीय कश्मीरमा पूर्व सरपञ्चको हत्या, दुई घाइते

कश्मीर । भारत प्रशासित कश्मीरमा शनबिार राति उग्रवादीको आक्रमणमा एकजनाको मृत्यु हुनुका साथै अन्य दुईजना घाइते भएका छन् । प्रहरीका अनुसार सोपियामा भएको एक घटनामा ऐजाज अहमद नामका एक व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

दोस्रो घटना अनन्तनागको भएको र सो घटनामा उग्रवादीकोे गोली लागी दुई पर्यटक घाइते भएको जनाइएको छ । दुवैलाई अस्पतालमा भर्ना गरिएको छ । 

जम्मू कश्मीरको पाँच सिटमा पाँचौँ चरणमा मतदान हुन गइरहेको छ । १३ मे का दिन श्रीनगरमा लोकसभा सिटका लागि मतदान भएको थियो । बारामूला लोकसभा सिटमा मतदान  २० मे का दिन हुन गइरहेको छ । 

प्रहरीले पछिल्लो दुवै आक्रमणस्थललाई घेरेर आक्रमणकारीको खोजी  थालिएको जनाएको छ । शनिबार राति १० बजे अनन्तनागको यान्नारमा रहेको खुला टुरिस्ट क्याम्प इलाकामा आक्रमण भएको थियो भने आधा घण्टापछि सोपिया क्षेत्रमा आक्रमण भएको थियो । मारिएका व्यक्ति पूर्व सरपञ्च भएको र उनी भारतीय जनता पार्टी सम्बद्ध भएको जनाइएको छ । बीबीसी
 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ०९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro