site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लागुऔषध ओसारपसारमा संलग्न दुईजनालाई गोली प्रहार गरी नियन्त्रण

काठमाडौं । प्रहरीले सुनसरीको रामधुनी नगरपालिका–६, इचौलस्थितमा गोली चलाएको छ । लागुऔषध ओसारपसारमा संलग्न रहेका दुईजनालाई नियन्त्रणमा लिन प्रहरीले बिहीबार साँझ गोली चलाएको हो ।  

पक्राउ पर्नेमा सप्तरीको सप्तकोसी नगरपालिका–५ का ३५ वर्षीय श्यामसुन्दर खंग र सुनसरीको इटहरी उप–महानगरपालिका–५ का ४० वर्षीय श्यामप्रसाद निरौला रहेका छन् । 

लागुऔषध ब्राउनसुगरको ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं र इलाका प्रहरी कार्यालय पकली सुनसरीबाट खटिएकाके टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

शंकास्पद देखिएपछि उनीहरूमाथि चेकजाँच गर्दा प्रहरीमाथि नै आक्रमण गरेपछि प्रहरीले प्रतिकार स्वरुप एक राउन्ड गोली प्रहार गरेको थियो । प्रहरीको गोली लागेर खंग घाइते भएका छन् । उनकाे सान्वी सिटी अस्पताल लविपुरमा प्रहरीको निगरानीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  

उनीहरूकाे साथबाट प्रहरीले २१० ग्राम ७३० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको जनाइएकाे छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro