site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बुद्धजयन्तीमा लुम्बिनी–कोलाेम्बो बाइक यात्रा
फाइल तस्बिर

काठमाडौं । नेपाल, भारत र श्रीलंकाका सशस्त्र फोर्सको सहभागितामा यही मे २३ मा पर्ने बुद्धजयन्तीका अवसरमा लुम्बिनीबाट कोलाेम्बोसम्म ‘बाइक एक्सपिडिसन’ हुने भएको छ ।

भारतको सरकारी समाचार एजेन्सी पीटीआईले जनाएअनुसार सो मोटरसाइकल यात्राले बुद्ध सर्किटलाई छुने जनाइएको छ । सो यात्राले ती देशहरूमा आपसी सद्‌भाव बढाउन मद्दत गर्ने जनाइएको छ ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाइक यात्राको टोलीलाई मे २३ मा लुम्बिनीमा बिदा गर्ने र टोली जुन १६मा कोलाेम्बो पुग्ने सो अभियानका सहसंयोजक राहुल पाटिलले  बताएका छन् । 

नेपाल, भारत र श्रीलंका सरकारको पहल तथा  सहयोगमा हुन लागेको सो अभियानमा तीन देशका सशस्त्र  फौजका १५ वटा बाइक समावेस गरिनेछन् । 

सो अभियानमा भारतको चेन्नइबाट भारतीय नाभी सिपको प्रयोग गरी श्रीलंकाको जाफ्नास्थित कानकेशनथुराई हुँदै राजधानी कोलम्बो पुग्ने कार्यक्रम रहेको जनाइएको छ ।

पाटिलका अनुसार टोलीलाई श्रीलंकाका प्रधानमन्त्री दिनेश गुनवर्दनेले कानकेशनथुराईमा स्वागत गर्ने कार्यक्रम रहेको जनाइएको छ । साथै श्रीलंकाका राष्ट्रपति रणिल विक्रमसिंघेले सो अभियानको समापन गर्ने जनाइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro