site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मोदीलाई टक्कर दिन्छु भन्ने रंगीलाको उमेदवारी खारेज

वाराणसी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध वाराणसीबाट उमेदवारी दर्ता गराएका कमेडियन श्माम रंगीलाले चुनाव लड्न नपाउने भएका छन् । उनको उमेदवारी खारेज गरिएको छ ।

उनको उमेदवारी यसअघि दर्ता गरिएको थियो । तर, आवश्यक कागजात नपुगेको भन्दै त्यसको भोलिपल्ट उमेदवारी रद्द गरिएको बताइएको छ । उनले उमेदवारी दर्ताका क्रममा लिइने शपथ पूरा गरेका थिएनन् । सोही कारण उमेदवारी रद्द गरिएको जनाइएको छ ।

एकपटक उमेदवारी दर्ता गरिसकेपछि पनि भारतको निर्वाचन आयोगले त्यसबारे हरेक जानकारी जाँच गर्ने गर्छ । र, मापदण्ड नपुगेका उमेदवारी खारेज गर्न सक्ने कानुनी व्यवस्था छ । बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ०९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro