site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर, अनशन तोड्न चिकित्सकको सुझाव

काठमाडौं । २२औँ सत्याग्रहका क्रममा स्वास्थ्य अवस्था गम्भीर भएका डा. गोविन्द केसीलाई चिकित्सकहरूले अनशन तोड्न सुझाव दिएका छन् । आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था आएको र अन्यथा जुनसुकै बेला जीवनलाई खतरा हुन सक्ने चेतावनी चिकित्सकको टोलीले दिएको छ । 

उनको स्वास्थ्य निगरानीका लागि त्रिवि शिक्षण अस्पतालले डा. सन्तकुमार दास नेतृत्वमा पाँच सदस्यीय स्वास्थ्यकर्मीको टोली खटाएको छ ।

टोलीले बिहीबार प्रेस विज्ञप्तिमार्फत डा. केसीको रगतमा सुगर र डब्लुबीसीको कमी भएको जनाएको छ ।

चारबुँदे माग राख्दै पशुपति परिसरमा वैशाख २९ गतेदेखि आमरण अनशनमा रहेका केसीको स्वास्थ्य अवस्था कमजोर भएपछि बुधबार शिक्षण अस्पताल भर्ना गरिएको थियो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा, सबै नेपालीलाई गुणस्तरीय र निःशुल्क औषधि उपचारको व्यवस्था हुनुपर्ने, एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी ऐन पारित हुनुपर्ने र कार्की आयोगले दोषी ठहर्‍याएका व्यक्तिहरूलाई तत्काल कारबाही गर्नुपर्ने माग राख्दै डा. केसीले अनशन थालेका हुन् ।

 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro