site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पूर्वप्रधानसेनापति थापाको निधन

काठमाडौं । पूर्वप्रधानसेनापति धर्मपाल वरसिंह थापाको ८५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उनको बिहीबार उपचारका क्रममा वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको नेपाली सेनाले जनाएको छ ।

थापा २०५२ देखि २०५६ सालसम्म प्रधानसेनापति थिए । उनको कार्यकालमा नेपाली सेनाको संगठन सुधारका कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयन भएको थियो । 

“उहाँ नेपाली सेनाको प्रोफेसनल प्रधानसेनापति हुनुहुन्थ्यो । उहाँले आफ्नो कार्यकालमा नेपाली सेनालाई प्रोफेसनल सेना बनाउन ठूलो योगदान गर्नुभएको थियो,” नेपाली सेनाका पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाले धर्मपाल वरसिंह थापाको योगदानको स्मरण गरे ।  

धर्मपाल माओवादी सशस्त्र द्वन्द्व सुरू भएकाबखत नेपाली सेनाको प्रधानसेनापति थिए । उनले माओवादी द्वन्द्वको समाधान, आन्तरिक सुरक्षा र विकास मोडलमा गर्नुपर्ने धारणा राखेका थिए । तर, उनको यो योजना लागु हुन भने विभिन्न कारणले सकेन । 

उनको तीन छोरा र एक छोरी छन् । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro