site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाथीभरामा एक महिनामा ६९ लाखभन्दा बढी भेटी संकलन 

ताप्लेजुङ । मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी संकलन भएको छ । वैशाखमा संकलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो । 

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले  संकलित भेटी बैंक दाखिला गरिएको बताए । समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै आएको छ । 

गत महिना ५१ हजार ८०४ जनाले देवीको दर्शन गरेका थिए । चालु आर्थिक वर्षको वैशाखसम्ममा दुई लाख २० हजार २७२ जना पाथीभरा आएका समितिले जनाएको छ । रासस 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro