site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई उच्चतम प्रविधिमैत्री बनाउनुपर्नेमा जोड 

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई उच्चतम प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । विमानस्थलको अनुगमन गर्दै उनले सरकारले विमानस्थललाई उच्चतम प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने बताए । 

मन्त्री लामिछानेले यात्रुले गर्दै आएका गुनासो, सुरक्षा संवेदनशिलता, अध्यागमनलाई थप प्रविधिमैत्री बनाउन गर्नुपर्ने काम र अध्यागमनका कर्मचारीको ड्युडी रोष्टर प्रणालीबारे चासो राखेका थिए । उनले आफन्तलाई विदाई गर्न जानेका कारण विमानस्थल क्षेत्रमा बढेको घुइँचो न्यूनीकरणबारे पनि चासो व्यक्त गरे ।   

विमानस्थलका व्यापारिक कवल– अदालत धाउँदै चलाउँदै !

मन्त्री लामिछानेले आगमन र प्रस्थान कक्षको सौन्दर्यकरणमा पनि ध्यान दिन निर्देशन दिए । उनले प्रस्थान र आगमन कक्ष, बोर्डिङ र अध्यागमन काउन्टर, स्टेपलाइज क्षेत्र, अध्यागमन र प्रहरीका कार्यालय, भन्सार जाँचपास, लगेज व्यवस्थापनलगायत क्षेत्रको अनुगमन गरेको उनको सचिवालयले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro